बुधवार, कार्तिक १२ गते २०८३

  • राजनीति
  • उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने देउवाको...

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने देउवाको सङ्केत

उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने देउवाको सङ्केत

गण्डकी नेपाल
मंगलवार, भाद्र ४ २०८१
गण्डकी नेपाल
मंगलवार, भाद्र ४ २०८१
  • भदौ ४, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने सङ्केत गरेका छन् । हाल उपराष्ट्रपति रामसहायप्रसाद यादव छन् । राष्ट्रिय सभाको अध्यक्ष नारायण दाहाल हुन् ।

    नेपाली काङ्ग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा आयोजित कार्यक्रममा देउवाले उपराष्ट्रपति यादवलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने सङ्केत गरेका थिए । देउवाले भने, ‘उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने दुनियाँभरको चलन छ ।’

    सो कार्यक्रममा देउवाले सहमतिकै आधारमा संविधान संशोधन हुने समेत दावी गरे । पूर्वप्रधानमन्त्री समेत रहेका नेता देउवाले काङ्ग्रेस र एमालेको सहमति कुनै विरुद्ध नभएको जिकिर गरे । ‘सबै दलहरुलाई साथमै लिएर अघि बढ्ने हो’ देउवाको भनाई थियो ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij