भदौ १३, पोखरा । नेपाल खेलकुद महासंघ पोखरा महानगर कमिटीको संयोजकमा कृष्ण रिजाल मनोनित भएका छन् । नेपाल खेलकुद महासंघको गत शुक्रबार सम्पन्न कास्की जिल्ला कमिटीको बैठकले रिजाललाई संयोजकको जिम्मेवारी प्रदान गरेको हो । रिजाल पोखरा वडा नं. २७ निवासी हुन् ।
बैठकले महासंघको जिल्ला कमिटीमा अन्य ९ सदस्यहरु पनि मनोनित गरेको बताइएको छ । स्रोतका अनुसार मनोनित हुनेहरुमा कराँते खेलाडी मदन क्षेत्री (रुपा–१), भलिबल खेलाडी विपिन खवास (रुपा–१), फुटबल खेलाडी खेम गुरुङ (रुपा–५), मुआथाइ खेलाडी सुरज अधिकारी ‘बज्र’ (पोखरा–३२) छन् । अधिकारी पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव समेत हुन् ।
यसैगरी ‘बडिबिल्डर’ प्रदिप धमला (पोखरा–३२), व्यवसायी सुवास कँडेल (पोखरा–२८), फुटबल खेलाडी सुदिप परियार (पोखरा–२२), व्यवसायी नैम मिया (पोखरा–१३) र खेलकुद महासंघ पोखरा–१७ का पूर्वअध्यक्ष धनबहादुर पौडेललाई पनि बैठकले जिल्ला कमिटीमा मनोनित गरेको छ ।
बैठकलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय सचिव विष्णु पुनले नवनियुक्त संयोजक रिजालको नेतृत्वमा पोखरा महानगरभित्र महासंघको संगठनलाई थप सुदृढ बन्ने र खेलकुद गतिविधि प्रभावकारी रूपमा अगाडी बढ्ने विश्वास व्यक्त गरेका थिए । महानगरभित्र रहेका खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरूलाई समेट्दै विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको समेत पुनको भनाई थियो ।