बैशाख ३१, पोखरा । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा नआउनुलाई नेपाली कांग्रेसले संसदीय व्यवस्थाप्रतिको उदासीनताको संज्ञा दिएको छ । संसद ‘बंक’ गरिरहे आफ्नो पार्टीले विरोध जारी राख्ने समेत नेपाली कांग्रेसले जनाएको छ ।
प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन भूमिका खेल्नसमेत सभामुखसँग आग्रह गरेका छन् । सभामुखसँग राईले भने, ‘यस विषयमा हजुर गम्भीर बन्नुपर्छ । यदि प्रधानमन्त्रीज्यू उपस्थित हुनुभएन भने हाम्रो विरोध जारी रहन्छ ।’
सचेतक राईले प्रधानमन्त्री संसदमा उपस्थित नहुनु संसदप्रतिको उदासिनता भएको समेत बताए । ‘सदनजस्तो गरिमामय सँस्थालाई बेवास्ता गर्नु संसदीय व्यवस्थाप्रतिकै उदासीनता होइन र ?’ राईको प्रश्न थियो ।