मंगलवार, कार्तिक ११ गते २०८३

सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

सम्पत्ति विवरण बुझाउन आयोगको आग्रह

गण्डकी नेपाल
बिहिवार, बैशाख ३१ २०८३
गण्डकी नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • बैशाख ३१, पोखरा । दायरामा परेका पदाधिकारीहरुलाई एक महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन आयोगले आग्रह गरेको छ । सम्पत्ति विवरण आयोगले बिहिबार एक सूचना जारी गर्दै स्वदेश र विदेशमा रहेका आफ्नो परिवारका सदस्यको समेत सम्पत्ति विवरण बुझाउन आग्रह गरेको हो । 

    भ्रष्टाचार वा अन्य अपराधबाट गैरकानूनी सम्पत्ति आर्जन गरेको थाहा भएमा उजुरी दिन आयोगले सर्वसाधारणसँग आग्रह समेत गरेको छ । आयोगका अनुसार २०६२ सालयता सार्वजनिक जिम्मा लिएका पदाधिकारीहरुले आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने छ । जसमा अहिलेको जिल्ला समन्वयका सदस्यदेखि माथि प्रधानमन्त्रीसम्म पर्दछन् ।

    आयोगले दायरामा पर्ने पदाधिकारीले आफ्ना नजिकका नातेदार वा कसैको नाममा सम्पत्ति लुकाएको हुन सक्ने समेत औँल्याएको छ । त्यस्तो सम्पत्तिको सूचना भएमा आयोगको ठेगानामा उजुरी दिनुहुन सर्वसाधारणलाई आयोगले आग्रह समेत गरेको छ । कार्यालयमै उपस्थित हुन नसकेमा हुलाक वा इमेलबाट पनि उजुरी दिन सकिने र सूचनादाताको नाम गोप्य राखिने आयोगको सूचनामा उल्लेख छ ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij