मंगलवार, कार्तिक ११ गते २०८३

  • राजनीति
  • नेकपा (एमाले)ले कास्की १ मा सुरक्षा...

नेकपा (एमाले)ले कास्की १ मा सुरक्षा कमाण्ड घोषणा गर्दै

नेकपा (एमाले)ले कास्की १ मा सुरक्षा कमाण्ड घोषणा गर्दै

गण्डकी नेपाल
बिहिवार, फाल्गुण ७ २०८२
गण्डकी नेपाल
बिहिवार, फाल्गुण ७ २०८२
  • फाल्गुण ७, पोखरा । नेकपा (एमाले)ले कास्की निर्वाचन क्षेत्र नं. १ मा निर्वाचनका लागि सुरक्षा कमाण्ड घोषणा गर्ने भएको छ । यस निर्वाचन क्षेत्रभित्रका ६१ वटै मतदान केन्द्रमा प्रतिकेन्द्र १५ जनाको सुरक्षा कमाण्ड बनाउन लागिएको बुथ तथा मतदाता संरक्षण तथा प्रतिनिधि व्यवस्थापन उपसमितिका संयोजक तथा कास्की निर्वाचन क्षेत्र नं. १ का सुरक्षा कमाण्डर विष्णु पुनले जानकारी दिए ।

    पुनका अनुसार फाल्गुण ९ गते शनिबार बिहान ११ बजे अर्घौँचोकस्थित नमस्ते पार्टी प्यालेसमा सुरक्षा कमाण्ड घोषणा हुनेछ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीका सदस्य समेत रहेका पुनले भने, ‘हामीले हाम्रा मतदाता, मतदान केन्द्र र बुथको सुरक्षाका लागि यो सुरक्षा कमाण्ड बनाएका हौँ । प्रति मतदान केन्द्र १५ सदस्यका दरले बनेको यो सुरक्षा कमाण्ड करिब एक हजार सदस्यीय हुन्छ । यो टिम हाम्रो पार्टी विरुद्ध हुने गतिविधि रोक्न आवश्यक परेमा जुनसुकै ठाउँमा जतिसुकै बेला पुग्ने गरी ‘हाई अलर्ट’मा रहन्छ ।’

    नेकपा (एमाले) स्रोतका अनुसार प्रत्येक मतदान केन्द्रमा जुझारु कमाण्डर तोकिएका छन् । सुरक्षा कमाण्डको भेला पश्चात् नमस्ते पार्टी प्यालेसबाट मार्चपास गरी अर्घौँचोकमा पुगेर कोणसभा गर्ने तयारी रहेको कमाण्डका सचिवालय सदस्य नरेन्द्रनाथ ढुङ्गानाले जानकारी दिए ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij