मंगलवार, कार्तिक ११ गते २०८३

  • मनोरञ्जन
  • ‘सूर्य तारा क्लब’को आयोजनामा खेलकुद महोत्सव...

‘सूर्य तारा क्लब’को आयोजनामा खेलकुद महोत्सव हुँदै

‘सूर्य तारा क्लब’को आयोजनामा खेलकुद महोत्सव हुँदै

गण्डकी नेपाल
बिहिवार, चैत्र १२ २०८२
गण्डकी नेपाल
बिहिवार, चैत्र १२ २०८२
  • चैत १२, पोखरा । सूर्य तारा क्लबको आयोजनामा पोखरामा खेलकुद तथा साँस्कृतिक महोत्सव–२०८२ हुने भएको छ । पोखरा महानगरपालिका वडा नं. २७ मा स्थापित यस क्लबले आगामी चैत २७ देखि ३० गतेसम्म महोत्सव गर्ने भएको हो । बि.स.२०७५ सालबाट स्थापना भएर निरन्तर सामाजिक कार्यमा सक्रिय यस क्लबले आयोजना गर्न लागेको यो तेस्रो खेलकुद महोत्सव हो । 

    ‘पर्यटनका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित सो महोत्सवमा ७ वटा खेलको प्रतियोगिता हुने क्लबका अध्यक्ष विष्णु पुनले जानकारी दिए । अध्यक्ष पुनका अनुसार महोत्सवमा ‘सेभेन ए साइड पुरुष फुटबल’, ‘खुल्ला महिला स्लो स्कुटर रेस’, खुल्ला महिला डोरी तान, खुल्ला पुरुष डोरी तान, जातीय संघसँस्था स्तरीय झाँकी प्रदर्शनी, एथ्लेटिक्स र तेक्वान्डो प्रदर्शनी प्रतियोगिता हुनेछ । 

    महोत्सवबारे जानकारी दिँदै अध्यक्ष पुनले भने, ‘हामीले महोत्सवको तयारी करिब–करिब सकिसकेका छौँ । भण्डारढिकको महोत्सवको स्वदेशी तथा विदेशी २५ लाखभन्दा बढी खेलप्रेमीहरुले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अवलोकन गर्ने हाम्रो विश्वास छ ।’ 

    क्लबले प्रतियोगितामा सहभागीहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरेको छ । ‘सेभेन ए साइड’ फुटबलमा प्रथम स्थान प्राप्त गर्ने समूहलाई रु.दुई लाख दुई हजार दुई सय बाईस (२,०२,२२२) नगद पुरस्कार रहेको छ । द्धितिय हुने समूहले रु.एक लाख एक हजार एक सय एघार (१,०१,१११) प्राप्त गर्नेछ ।

    यसैगरी महिला र पुरुष डोरीतान प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय पुरस्कार क्रमशः रु.५५५५५, ३३३३३ र २२२२२ नगद रहेको बताइएको छ । जातीय संघसँस्था स्तरीय झाँकी प्रदर्शनी प्रतियोगितामा पनि प्रथम, द्धितीय र तृतीय समूहले क्रमशः रु.४४०००, ३३००० र २२००० पुरस्कार प्राप्त गर्नेछन् । झाँकीमा सहभागी सबै समूहलाई रु.७००० नगद प्रदान गर्ने आयोजकले जनाएको छ ।

    आयोजकका अनुसार महिला ‘स्लो स्कुटर रेस’ प्रतियोगिताको प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थानले क्रमशः रु.३३०००, २२०००, ११००० र ५००० नगद पुरस्कार प्राप्त गर्नेछन् । यथ्लेटिक्स प्रतियोगितामा सहभागी विद्यालय स्तरीय छात्र तथा छात्रा, खुल्ला पुरुष तथा महिला, भेट्रान्स पुरुष तथा महिलाको पनि प्रथम, द्धितीय र तृतीय स्थानलाई नै आकर्षक पुरस्कारको व्यवस्था रहेको क्लबले जनाएको छ । महोत्सव पोखरा–२९, भण्डारढिकस्थित प्रस्तावित रङ्गशालामा हुनेछ ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij