मंगलवार, कार्तिक ११ गते २०८३

बुमराह बने टी–२० विश्वकपका ‘बेस्ट प्लेयर’

बुमराह बने टी–२० विश्वकपका ‘बेस्ट प्लेयर’

गण्डकी नेपाल
आइतवार, आषाढ १७ २०८१
गण्डकी नेपाल
आइतवार, आषाढ १७ २०८१
  • असार १६, काठमाडौँ । टी–२० विश्वकपमा भारतका ‘फास्ट बलर’ जस्प्रित बुमराह ‘बेस्ट प्लेयर’ घोषित भएका छन् । उनले प्रतियोगिताभर भारतको पक्षमा १५ विकेट लिएका थिए । दक्षिण अफ्रिका विरुद्धको फाइनल खेलमा पनि उनले २ विकेट लिएर हरेश खाइसकेको खेललाई जितमा रुपान्तरण गरेका हुन् ।

    बुमराहले अफगानस्तान र पाकिस्तानसँग ३–३ विकेट लिएका थिए भने आयरल्यान्ड, बंगलादेश र इंग्ल्याण्डसँग २–२ विकेट लिएका हुन् । अष्ट्रेलियासँग पनि उनले १ विकेट लिएका थिए ।

    शनिबार भएको फाइनल खेलमा उनले दक्षिण अफ्रिका ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिएका थिए । १७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकालाई अन्तिम ३० बलमा ३० रन चाहिएको थियो । तर, बुमराहले आफ्नो जादुमय क्षमता प्रदर्शन गर्दै भारतलाई विश्वकपको उपाधि दिलाएका हुन् । 

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij