फाल्गुण २६, पोखरा । ५९ वर्षीय मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । बैंक अफ क्यानडा र बैंक अफ इङ्ल्याण्डका पूर्वगर्भनर कार्नीलाई क्यानडाको सत्तारुढ लिबरल पार्टीले नयाँ नेता चयन गरेसँगै उनी प्रधानमन्त्री बन्ने निश्चित भएको हो । कुनै राजनीतिक पृष्ठभूमि नभएका कार्नीले पार्टीभित्र ८६ प्रतिशत सदस्यहरुको मत प्राप्त गरेका थिए । उनी राजनीतिक पृष्ठभूमि नभएका क्यानडाका पहिलो प्रधानमन्त्री पनि हुनेछन् ।
कार्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार वार्ता गर्न आफू नै सबैभन्दा उपयुक्त पात्र भएको दावी समेत गरेका छन् । क्यानडाको फोर्ट स्मिथ, नर्थवेस्ट टेरिटोरिजमा जन्मिएका कार्नीले अर्थशास्त्रमा विद्यावारिधी गरेका थिए ।
क्यानडाको प्रधानमन्त्रीका रुपमा अन्तिम भाषण गर्दै जस्टिन टु«डोले देशको भविष्यबारे चिन्ता गर्न नागरिकसँग आग्रह गरेका थिए । उनको अनुरोध थियो, ‘हामी त्यस्तो देश हौँ, जसले लड्नुपर्छ । हामी अघि बढेर लड्नेछौँ ।’