मंगलवार, कार्तिक ११ गते २०८३

  • राजनीति
  • रोहिणी अध्यक्ष यादवले एकमहिनाको तलब भूकम्पपीडितलाई...

रोहिणी अध्यक्ष यादवले एकमहिनाको तलब भूकम्पपीडितलाई दिने

रोहिणी अध्यक्ष यादवले एकमहिनाको तलब भूकम्पपीडितलाई दिने

भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए । भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन्

मंगलवार, कार्तिक २१ २०८०
मंगलवार, कार्तिक २१ २०८०
  • भैरहवा, १९ कार्तिक । रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले एक महिनाको तलब भूकम्पपीडितलाई प्रदान गर्ने भएका छन् । भूकम्प पीडितको राहत र पुनस्र्थापनाका लागि सरकारको कोषमा आफूले पाउने एक महिनाको तलब दिने अध्यक्ष यादवले बताए ।

    भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा एक महिनाको तलब बराबरको रकम जम्मा गर्ने उनले जानकारी दिए । भूकम्पबाट भएको जनधनको क्षतिप्रति अध्यक्ष यादवले दुःख व्यक्त गरेका छन् । उनले भूकम्पका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्र भएर कात्तिक १७ गते शुक्रबार राति ६.४ रेक्टरको भुकम्प गएको थियो । 

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij