मंगलवार, कार्तिक ११ गते २०८३

रोचक हुँदै आहारारा गोल्डकप, पुलिस फाइनलमा प्रवेश

रोचक हुँदै आहारारा गोल्डकप, पुलिस फाइनलमा प्रवेश

गण्डकी नेपाल
बुधवार, माघ ३० २०८१
गण्डकी नेपाल
बुधवार, माघ ३० २०८१
  • माघ ३०, पोखरा । पोखरामा जारी २४औँ आहारारा गोल्डकप फुटबल रोचक हुँदै गएको छ । बुधबार भएको सेमिफाइनलमा चर्च व्याइज युनाइटेडलाई हराउँदै नेपाल पुलिस फाइनलमा प्रवेश गरेपछि खेल थप रोचक बन्दै गएको हो । पुलिसले उपाधिका लागि थ्रिस्टार वा ब्ल्याक बुल्समध्ये एउटा टिमसँग प्रतिष्पर्धा गर्ने छ ।

    बुधबारको खेलमा विजय प्राप्त गरेपछि आहारारा गोल्डकपमा नेपाल पुलिस ११औँ पटक फाइनल प्रवेश गरेको हो । यसअघिका १० वटा फाइनल खेलमा ६ पटक मात्रै उपाधि हात पारेको पुलिसका लागि यो अर्को अवसर हो । विगतका ४ वर्षसम्म भने पुलिस फाइनलसम्म आउन सकेको थिएन ।

    बुधबार भएको खेलमा पुलिसले ५८औँ मिनेटमा गोल अग्रता लिएको थियो । सञ्जिव लामाले प्रहार गरेको सो गोल नै पुलिसलाई फाइनलमा पुर्याउने निर्णायक गोल बन्न पुग्यो । लामाले २५ यार्ड टाढाबाट अनौठो तरिकाले गोल गरेका थिए ।

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij