जेठ २२, पोखरा । सङ्गम यूवा क्लवले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । रुपा–७, हंसपुरस्थित यस क्लवले विश्व वातावरण दिवसको अवसर पारेर डी–बजार तालबेसीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
डिभिजन वन कार्यालय कास्की र लि–वर्डसँगको सहकार्यमा क्लबले बिहिबार एक कार्यक्रमका बीच वृक्षारोपण गरेको थियो । सो कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कृष्णराज सुवेदीले वृक्षारोपणको महत्वबारे प्रकाश पारेका थिए । बदिलँदो विश्व पर्यावरणलाई कम गर्ने उद्देश्यले वृक्षारोपण कार्य गरिएको क्लवका सल्लाहकार सञ्जीव सुवेदीले जानकारी दिए ।
लि–वर्ड विष्णु भुषाल र सिँचाई तथा जलस्रोत व्यवस्थापन सँस्थाका प्रमुख कृष्णबहादुर विकले पनि वृक्षारोपणमा सहभागीता जनाउँदै संक्षिप्त मन्तव्य व्यक्त गरेका थिए ।
क्लवका सञ्जय सुवेदीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा क्लवले फोहोरमैला व्यवस्थापन तथा सरसफाईका लागि डस्वीन वितरण गरिएको क्लवले जनाएको छ ।