मंगलवार, कार्तिक ११ गते २०८३

‘कलश’ कृषक समूहले गर्यो सार्वजनिक सुनुवाई

‘कलश’ कृषक समूहले गर्यो सार्वजनिक सुनुवाई

गण्डकी नेपाल
आइतवार, माघ २० २०८१
गण्डकी नेपाल
आइतवार, माघ २० २०८१
  • माघ २०, पोखरा । कलश कृषि तथा पशुपन्छी पालन कृषक समूहको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । रुपा गाउँपालिकाको देउरालीमा सञ्चालित सो कृषक समूहले आज आइतबार देउराली नेवाः खल भवनमा तेस्रो तथा अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो । 

    सो कार्यक्रममा प्रमुख अतिथि कुमारी गुरुङले उत्पादनबिना आत्मनिर्भर अर्थतन्त्र सम्भव नभएको बताएकी छन् । रुपा–५ देउरालीकी जनप्रतिनिधि समेत रहेकी गुरुङले सामूहिक उत्पादन प्रणालीको महत्व बताउँदै मिहेनतपूर्वक राम्रो उत्पादन गरिरहेकोमा कलश कृषि तथा पशुपन्छी पालन कृषक समूहलाई धन्यवाद समेत ज्ञापन गरिन् ।

    कार्यक्रममा कलश कृषि तथा पशुपन्छी पालन कृषक समूहका अध्यक्ष इन्द्रलाल श्रेष्ठले आफूहरुको समूहसँग साझेदारी सहयोग गरेकोमा नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गत ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना आर्थिक कोरिडोर कार्यालय, बुटवल रुपन्देहीप्रति आभार प्रकट गरे । उनले भने, ‘मासु उत्पादनका लागि ब्रोइलर कुखुरापालन तथा बजारीकरण उप–आयोजनाको साझेदारीले हामीहरुमा उर्जा थपिएको छ । देशमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि पैदा भएको छ । यसर्थ हामी उहाँहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’

    गत वर्षको फाल्गुण ४ गतेबाट शुरु भएको सो परियोजना गत असोज महिनामै सम्पन्न भइसकेको समूहले जनाएको छ । परियोजनाबाट १८ जना लाभान्वित भएका छन् । 

    सो उप–आयोजनाको कुल लागत रु.५८ लाख १२ हजार ५१२ रहेको र सोको ५० प्रतिशत रकममा समूहको साझेदारी रहेको सँस्थाका अर्का सदस्य रामकुमार श्रेष्ठले बताए । उनले भने, ‘२९ लाख ६ हजार २५६ रुपैयाँ अनुदान पाएका हौँ भने त्यति नै रकम हाम्रो समूहले साझेदारी गरेको छ ।’

    ब्रोइलर कुखुरापालन गरी गुणस्तरीय मासु उत्पादन र बिक्रि–बितरण गर्ने, स्थानीय स्तरमा आम्दानी र रोजगारीको सृजना गर्ने र ब्रोइलर कुखुराको बजार सुनिश्चित गर्ने यो उप–आयोजनाको मुख्य उद्देश्य रहेको श्रेष्ठले बताए । 

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij