मंगलवार, कार्तिक ११ गते २०८३

राजदूतको भागबण्डामा कुन दललाई कति ?

राजदूतको भागबण्डामा कुन दललाई कति ?

गण्डकी नेपाल
बिहिवार, आषाढ ७ २०८१
गण्डकी नेपाल
बिहिवार, आषाढ ७ २०८१
  • असार ६, काठमाडौँ । सत्तारुढ दलले राजदूतको भागबण्डा टुङ्गो लगाएका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रबि लामिछानेसहित प्रधानमन्त्री पुष्पकमल दाहालले करिब दुई घण्टा लामो छलफल गरेका थिए । सिंहदरबारमा भएको सो छलफलमा एमालेलाई ८, राष्ट्रिय स्वतन्त्र पार्टीलाई २ र माओवादी केन्द्रलाई १ जना राजदूतको भागबण्डा गरिएको स्रोतले बताएको छ ।

    गत जेठ २४ गतेको मन्त्रीपरिषद् बैठकले ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो ।  माओवादी केन्द्रबाट राजदूत बनेकालाई भने फिर्ता बोलाइएको थिएन । कुन देशमा को राजदूत बन्ने भन्ने नाम तय नभए पनि संख्या टुङ्गिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले बताएको छ । स्रोतका अनुसार आगामी शुक्रबार हुने मन्त्रीपरिषद्को बैठक अगाडि नै केही राजदूत नियुक्त हुन सक्नेछन् ।

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij