मंगलवार, कार्तिक ११ गते २०८३

काङ्ग्रेसको चिन्ता : गुट वडासम्मै पुग्यो

काङ्ग्रेसको चिन्ता : गुट वडासम्मै पुग्यो

गण्डकी नेपाल
सोमवार, पौष १ २०८१
गण्डकी नेपाल
सोमवार, पौष १ २०८१
  • पुस १, काठमाडौँ । नेपाली काङ्ग्रेसका नेताहरुले पार्टीभित्रको गुट वडासम्मै पुगेकोमा चिन्ता व्यक्त गरेका छन् । सय दिने विशेष अभियानमा रहेका नेताहरुले पार्टीको उपल्लो तहले निम्त्याएको समस्या तलसम्म पुगेको निष्कर्ष निकालेका हुन् । असोज ७ गतेदेखि सुरु भएको सो विशेष अभियान आगामी पुस ७ गते सकिने काङ्ग्रेसले जनाएको छ । ७७ वटै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाइएको छ ।

    नेताहरुले पार्टीको सदस्यता विधान अनुसार वितरण नभएको, सङ्गठन प्रभावकारी नरहेको र भातृ सँस्थाहरुमा विवाद रहेको समेत निष्र्कर्ष निकालेका छन् । अभियानका एक नेताले भने, ‘गुटगत समस्या व्यापक छ । भातृ सँस्थाहरु चलाएमान छैनन् ।’

    पार्टीभित्र एकता होस् भन्ने कार्यकर्ताको चाहना रहेको अर्का नेताले बताए । अभियानका क्रममा इलाममा खटिएका केन्द्रीय सदस्य नैनसिंह महरले भने, ‘जिल्लामा पुगेका प्रतिनिधिले पार्टीभित्रको समस्या समाधान गर्न लागे पनि माथिल्लो नेताहरुका कारण सम्भव हुन नसक्ने अवस्था छ ।’

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij