मंगलवार, कार्तिक ११ गते २०८३

  • राजनीति
  • जनयुद्धपछिका १८ वर्षमा देश बिग्रिएको होइन...

जनयुद्धपछिका १८ वर्षमा देश बिग्रिएको होइन : सापकोटा

जनयुद्धपछिका १८ वर्षमा देश बिग्रिएको होइन : सापकोटा

गण्डकी नेपाल
बिहिवार, फाल्गुण १ २०८१
गण्डकी नेपाल
बिहिवार, फाल्गुण १ २०८१
  • फाल्गुण १, दुलेगौँडा । नेकपा (माओवादी केन्द्र)का नेता रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जनयुद्धपछिका १८ वर्षमा देश बनेको दावी गरेका छन् । सत्तारुढ दलका नेताले जनयुद्धकै कारण देश पछाडि परेको भन्ने तर्क गरेको स्मरण गराउँदै सापकोटाले बरु त्यसपछि देश बनेको दावी गरेका हुन् । 

    योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल शुक्लागण्डकी नगर समितिको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले संघीयताले देशको खर्च बढाएको भन्ने तर्क पनि सही नभएको बताए । थोरै मात्रै गति बढाउने हो भने आगामी निर्वाचनमा तनहुँ पनि माओवादीमय हुने उनले दावी गरे । उनले भने, ‘हामीसँग भएको जनसङ्गठनको घनत्वलाई यहि गतिमा अगाडि बढाउने हो भने ८४ को चुनाव माओवादीको पक्षमा हुन्छ ।’

    नारायण पोखरेलको अध्यक्षतामा सम्पन्न सो अधिवेशनमा नेकपा (माओवादी केन्द्र)का गण्डकी प्रदेश कमिटी सदस्य विश्वजित गौतम, शुक्लागण्डकी नगर कमिटीका पूर्वअध्यक्ष मनराज गुरुङ, प्रदेश कमिटी सदस्य तथा शुक्लागण्डकी नगरपालिकाका उपमेयर खुमबहादुर विक ‘राजु’, प्रदेश कमिटी सदस्य जौमाया बराल, वाइसिएल नेपाल गण्डकी प्रदेश कमिटीका संयोजक शरण सापकोटा लगायतका वक्ताहरुले तनहुँमा माओवादी पार्टी एक ढिक्का भएको दावी गरेका थिए ।

    सो अधिवेशनबाट दिपेश गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् । ५१ सदस्यीय नयाँ समितिको उपाध्यक्षमा सन्तोष कार्की र काशी ढुङ्गाना, सचिवमा अभिषेक थापा मगर, सहसचिवमा महेन्द्र गौतम र मिलन गुरुङ सर्वसम्मत चुनिएका छन् । कोषाध्यक्ष शक्ति श्रेष्ठ चयन भएको बताइएको छ ।

    दुलेगौँडामा भएको सो अधिवेशनबाट शक्ति राना, लेखबहादुर गुरुङ, शक्तिबहादुर गुरुङ, सुमन पुन, मुर्जता मिया, निक थापा, भुवन थापा, लक्षु राना निर्जन थापा, समिर राउत, सुशन आले, अविन थापा, गङ्गा गुरुङ, प्रदिप पाठक, सञ्जय गुरुङ ‘बिक्की’, प्रकाश गुरुङ, भिमसेन थापा, मिलन थापा सदस्यमा चुनिएका छन् । 

    यसैगरी असिस महत, कृष्ण श्रेष्ठ, हर्कबहादुर श्रेष्ठ, रिजकुमार श्रेष्ठ, राम अधिकारी, सन्तोष भट्टराई, राजु थापा, विशाल नेपाली, रवि पौडेल, सन्दिप बिक, लक्ष्मण परियार, ध्रुव गुरुङ, सुरेन्द्र मगर, हिमाल महत, श्यामबहादुर परियार, दिपक भट्टराई, पूर्णबहादुर नेपाली, शिवप्रसाद गुरुङ, शङ्कर गुरुङ र गोविन्द गुरुङ सदस्य रहेको आयोजकले बताएको छ ।

     

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij