मंगलवार, कार्तिक ११ गते २०८३

‘जनप्रतिनिधि विधिभन्दा माथि हुँदैनन्’

‘जनप्रतिनिधि विधिभन्दा माथि हुँदैनन्’

गण्डकी नेपाल
सोमवार, फाल्गुण २६ २०८१
गण्डकी नेपाल
सोमवार, फाल्गुण २६ २०८१
  • फाल्गुण २६, काठमाडौँ । उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनप्रतिनिधिहरु विधिभन्दा माथि नहुने बताएका छन् । आफू निर्वाचित निर्वाचन क्षेत्रको एक कार्यक्रममा बोल्दै सिंहले सबै जनप्रतिनिधि नियमअनुसार चल्नुपर्ने बताएका हुन् । उनले भने, ‘जनप्रतिनिधिले म विधिभन्दा माथि छु ठान्यो भने त्यहाँ अलोकतान्त्रिक र तानाशाहको गन्ध आउँछ ।’

    नेपाली काङ्ग्रेसका उपसभापति समेत रहेका नेता सिंहले जनचाहना बुझेर विधि र नियमअनुसार काम गर्न समेत जनप्रतिनिधिलाई सुझाव दिए । जनप्रतिनिधि र जनताबीच कम्युनिकेशन नहुँदा समस्या आउने गरेको उनको भनाई थियो ।

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij