मंगलवार, कार्तिक ११ गते २०८३

  • राजनीति
  • संसद विघटन नगरेको भए एमाले भन्न...

संसद विघटन नगरेको भए एमाले भन्न पाउँदैनथ्यौँ : ओली

संसद विघटन नगरेको भए एमाले भन्न पाउँदैनथ्यौँ : ओली

गण्डकी नेपाल
शनिवार, जेठ २६ २०८१
गण्डकी नेपाल
शनिवार, जेठ २६ २०८१
  • जेठ २६, पोखरा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन नगरेको भए अहिले एमाले भन्नै नपाउने दावी गरेका छन् । आफ्नो पार्टीको काठमाडौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा मन्तव्य राख्ने क्रममा ओलीले भने, ‘त्यतिबेला संसद विघटन नगरेको भए आज नेकपा एमाले भन्न पाउँदैनथ्यौँ । यो अन्तै लगेर बुझाईसकेका हुन्थे ।’

    सोही क्रममा अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व छान्न चुनाव गर्ने हो भने कुनै पनि नेतालाई नबोक्न नेताहरुलाई आग्रह समेत गरेका छन् । उनले भने, ‘बालक कोही छैन, भुईँमा राख्नुस्, काँधमा बोक्नुपर्दैन ।’ पार्टीको काममा मात्रै प्रतिष्पर्धा गर्नुपर्ने भन्दै ओलीले मतपेटीकामा प्रतिष्पर्धा नगर्न समेत अनुरोध गरे । ‘बाकसमा, ब्यालेटमा प्रतिष्पर्धा गरेर हुन्छ ? काममा प्रतिष्पर्धा, विचारमा प्रतिष्पर्धा, सक्रियतामा प्रतिष्पर्धा, शैलीमा प्रतिष्पर्धा, ती सबै कुरामा प्रतिष्पर्धा गर्नुप¥यो’ उनले भने । 

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij