साउन ३२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खाद्यान्नमा आत्मनिर्भर र बजारमा स्वस्थ खाना उपलब्ध हुने वातावरण बनाउन निर्देशन दिएका छन् । गरीबलाई कानुन मात्रै दिएर काम नहुने भन्दै ओलीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘गरीबलाई कानुन दिएर के काम ? कानुनले खान दिँदैन ।’
उनले जसरी भए पनि जनतालाई परिवर्तनको अनुभूति हुने गरी काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिँदै आएका छन् । पदका नाममा राखिएका कार्यक्रमप्रति पनि प्रधानमन्त्री ओलीले असहमति जनाए । उनले भने, ‘जनतासँग रोजगारजस्ता नाम राख्नुस् । संघको सिको गरेर राखेका कार्यक्रमले नयाँपनि भएन ।’
सिंहदरबारमा आयोजित मन्त्रालयको कामको समीक्षा र १०० दिने कार्ययोजनाको बारेको छलफलमा प्रधानमन्त्रीले पुँजीगत खर्च सतप्रतिशत गर्न र बेरुजु नहुने गरी काम गर्न समेत निर्देशन दिएका छन् । ओलीले मन्त्रीहरुसँग प्रश्न गरेका थिए, ‘हामीले नगरे कसले गर्ने ?