भाद्र ९, पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिकामा रुपा वाङ्मय प्रतिष्ठानका लागि तदर्थ समिति गठन भएको छ । शनिबार दिउँसो भएको भेलाले गीत तथा संगीतकार आदर्श पोखरेलको संयोजकत्वमा तदर्थ समिति निर्माण गरेको हो । समितिको सहसंयोजकमा मदन मल्ल र सचिवमा मदन घिमिरे चयन भएका छन् ।
२१ सदस्यीय सो समितिको सदस्यहरुमा नबराज बराल, सञ्जिव पौडेल, सुजन गौतम, चन्द्रमणी पौडेल, झलक गुरुङ, विश्वास बिश्वकर्मा, नबिन रेग्मी, विवेक अधिकारी, कृष्णराज पौडेल, हरिराज घिमिरे, विकाश न्यौपाने, पार्थ सुवेदी, महेश्वर घिमिरे, बिना ढुङ्गाना, पुष्पा श्रेष्ठ, माधव सुवेदी, नबु सुवेदी र सन्तोष अधिकारी रहेको बताइएको छ ।
रुपा गाउँपालिका स्थायी ठेगाना भई कला, संगीत र साहित्यको क्षेत्रमा सक्रिय व्यक्तिहरु संस्थामा आवद्ध हुन सक्ने समितिका संयोजक पोखरेलले जानकारी दिए ।
साहित्य, कला र संगीतमा सक्रिय रुपाबासीको साझा संस्थाको आवश्यकता महसुस गर्दै रुपा वाङ्मय प्रतिष्ठान गठनको प्रक्रिया सुरु गरिएको सचिव मदन घिमिरेले बताए । उनले भने, ‘तीन महिनाभित्र संस्था दर्ता प्रक्रिया अगाडि बढाउँदै आजीवन तथा साधारण सदस्यता वितरण गर्ने हाम्रो योजना छ ।’
शनिबारको सो भेलामा आदर्श पोखरेल, सञ्जिव पौडेल, विकास न्यौपाने, पार्थ सुवेदी, मदन घिमिरे, विश्वास विश्वकर्मा, झलक गुरुङ, सुजन गौतम, महेश्वर घिमिरे लगायतका स्रष्टाहरुले आफ्नो प्रस्तुति राखेका थिए ।