मंगलवार, कार्तिक ११ गते २०८३

  • गण्डकी
  • मुख्यमन्त्री खगराजको चिन्ता : ‘विकास गाउँमा...

मुख्यमन्त्री खगराजको चिन्ता : ‘विकास गाउँमा आयो, जनता शहर झरे’

मुख्यमन्त्री खगराजको चिन्ता : ‘विकास गाउँमा आयो, जनता शहर झरे’

शनिवार, बैशाख १ २०८१
शनिवार, बैशाख १ २०८१
  • वैशाख १, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गाउँमा विकास पुगे पनि जनता शहर झरेकोमा चिन्ता व्यक्त गरेका छन् । रुपा गाउँपालिकाको वडा नं. ३ पोल्याङको झोलुङ्गे पुलको उद्घाटन गर्दै अधिकारीले यस्तो चिन्ता व्यक्त गरेका हुन् । पोल्याङ र टाकंजा जोड्ने सो पुलको उद्घाटन कार्यक्रममा अधिकारीले भने, ‘गाउँमा विकास त भइरहेको छ, तर जनता शहर झर्ने क्रम रोकिएन ।’ गाउँमै काम गर्ने वातावरण हुँदाहुँदै पनि बजार नझर्न अधिकारीले अनुरोध समेत गरे । 

    गौतमले खाल्टे खोलामा मोटेरेबल पुलको पनि प्रदेश सरकारसँग माग गरेका थिए । आफूहरु जनताको सेवामा निरन्तर लागि परेको र जनताले पनि योजना निर्माण र सम्पन्न गर्न साथ दिएको गौतमको भनाई थियो ।

    कार्यक्रममा सोही वडाका अध्यक्ष दिपेन्द्र गौतमले झोलुङ्गे पुलले टाकंजा र पोल्याङको दूरी घटाउँदै जनताको दैनिक जीवनलाई सहज बनाएकोमा खुसी व्यक्त गरे । गौतमले खाल्टे खोलामा मोटेरेबल पुलको पनि प्रदेश सरकारसँग माग गरेका थिए । आफूहरु जनताको सेवामा निरन्तर लागि परेको र जनताले पनि योजना निर्माण र सम्पन्न गर्न साथ दिएको गौतमको भनाई थियो ।

    रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीकी उपप्रमुख सरीता कुमाल, रुपा गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङ्गलगायतले विकास निर्माणबारे आफ्नो धारणा राखेका थिए ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij