मंगलवार, कार्तिक ११ गते २०८३

यी हुन् ६ बलमा ६ छक्का प्रहार गर्ने नेपाली खेलाडी

यी हुन् ६ बलमा ६ छक्का प्रहार गर्ने नेपाली खेलाडी

आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • वैशाख २, पोखरा । एसीसी प्रिमियर कप २०२४ अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कतारविरुद्ध ६ बलमा ६ छक्का प्रहार गरेर इतिहास रचेका छन् ।

    ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रले बिसौं ओभरको सबै ६ बलमा छक्का प्रहार गरेका हुन् ।

    दीपेन्द्रले कतारका मध्य गतिका बलर कमरान खानलाई लगातार छक्का हानेका थिए । उनले २१ बलमा ३ चौका र ७ छक्कासहित ६४ रन बनाएपछि नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनाएको थियो ।

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij