मंगलवार, कार्तिक ११ गते २०८३

‘एमाले’ राम्रो हो अरुभन्दा (कविता)

‘एमाले’ राम्रो हो अरुभन्दा (कविता)

बिहिवार, फाल्गुण १ २०८१
बिहिवार, फाल्गुण १ २०८१
  • नीति, विधि, सिद्धान्तमा चल्ने राम्रो पार्टी
    सधैँ लोकप्रिय हुन्छ अरुभन्दा साथी 
    इतिहासलाई साक्षी राखी तुलनामा हेरौँ
    संकिर्ण केही सोच भए आजैबाट फेरौँ ।

    आफ्नो गाउँ आफैँ बनाऔँ एमालेको नारा
    आमा–बाबा आँशु पुछ्ने भयो सबको सहारा
    थोरै भए पनि लिन्छन् भत्ता हातमा समाई 
    गौरव गर्न पाउनु भाछ भन्दै आफ्नो कमाई ।

    लिपुलेक र लिम्पियाधुरा नेपालको भू–भाग
    छिटै फिर्ता ल्याउनुपर्छ हामी सबको छ माग 
    कालापानी, नालापानी जमिन हाम्रै पुर्खादेखि
    राखेका छन् नेपालीले इतिहासको पाना लेखी ।

    बीर गोर्खाली बहादुर छन् जिस्क्याउने काम नहोस्
    राम्रो काम गर्न सकौँ विश्वभरी राम्रो छाओस्,
    जल, जमिन, जडिबुटी, जङ्गल साथै खनिज पनि
    नेपालमै काम गर्न सके जे पनि छ नि !

    नजानी हो भने युवा स्वदेशमा नै काम छ तनि
    देश बनाउन चाहेदेखि युवाले नै सक्छन् अनि
    अरु आई नेपालमा माटोलाई सुन बनाउँछन्
    परिवारको साथमा बसी हाँसी खुशी रमाउँछन् ।

    पौरख गरौँ गौरव गरौँ आफ्नै देशमा बसी
    विदेशमा त के सुख छ काम गर्यो घुँडा धसी,
    बनाउने हो आफ्नै देशमा काम गर्ने वातावरण 
    पर्नुहुन्न कहिले पनि कसैसँग हामीले शरण ।।

    सर्जक सुबेदी नेकपा (एमाले) जिल्ला कमिटी कास्कीकी सचिवालय सदस्य हुन् ।

     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij