मंगलवार, कार्तिक ११ गते २०८३

  • विचार
  • रवि टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री...

रवि टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री अन्योल भयो : गगन थापा

रवि टेलिभिजन प्रस्तोता हुन् कि गृहमन्त्री अन्योल भयो : गगन थापा

गण्डकी नेपाल
आइतवार, जेठ ६ २०८१
गण्डकी नेपाल
आइतवार, जेठ ६ २०८१
  • पोखरा, ६ जेठ । नेपाली काङ्ग्रेसका नेता गगन थापाले गृहमन्त्री रवि लामिछाने पत्रकार हुन् कि गृहमन्त्री भन्नेमा अन्यौलमा परेको भन्दै व्यंग्य गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेमाथि थापाले पत्रकार सम्मेलन गरेर यस्तो व्यंग्य गरेका हुन् । संसद भवन परिसरमा पत्रकारसँग थापाले भने, ‘टेलिभिजन प्रस्तोता हुँदा उहाँले प्रश्न सोध्नुहुन्थ्यो । विषयहरु उठाउनुहुन्थ्यो । आज त्यही गर्नुभयो । गृहमन्त्रीको काम यो होइन ।’


    सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्नुपर्नेमा समिति बनाउनुहुन्न भनेर आफ्नो निरीहता प्रस्तुत गरेको थापाको भनाई थियो । पछिल्लो समय लामिछाने विरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका थापाले भने, ‘गृहमन्त्रीले तेरा फाइल खोलिदिउँ, तेरो अनुसन्धान गरिदिउँ भन्दै चर्किने होइन । धमाधम फाइल खोल्ने, अनुसन्धान गर्ने र दोषी देखिए कारबाही गर्ने हो ।’
     

    सम्बन्धित खबर

    © 2026 All right reserved to gandakinepal.com  | Site By : Sobij